२०८१ कात्तिक १३ गते
काठमाडौ । मंगलबार सेयर बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सप्तकोशीको सेयर मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ भने सानिमा जिआइसीको ७०९.५० रुपैयाँ पुगेको छ । यस्तै कुथेलीको २ हजार ५९०.५० रुपैयाँ रहेको छ । ४६.६९ अंकले बढेको आजको बजार इन्डेक्स २६९२.०५ विन्दुमा अडिएको छ ।
यस दिन ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा ३१९ कम्पनी सामेल थिए । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । यस दिन समृद्धि फाइनान्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । समृद्धिको २४ करोड ७१ लाखभन्दा बढी रकमको कारोबार भएको हो । यस्तै दोस्रोमा पिपुल्स हाइड्रो पावरको बढी कारोबार भएको छ भने तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार भएको छ ।
प्रतिक्रिया