ठूलो उतारचढावबीच नेप्से ७.२४ अंकले घट्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

२०८० माघ ०४ गते

ठूलो उतारचढावबीच नेप्से ७.२४ अंकले घट्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौँ   बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः झिनो अंकले घट्न पुगेको छ । सुरुवाती समयमा नेप्से सूचक २१३३ विन्दुसम्म झरेको भएपनि अन्तिम समयमा हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक केहि बढेको हो।

बिहिबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा बन्द भएको छ ।

Advertisement:

Ad
Ad

शेयर बजार घटे पनि आज गणपति लघुवित्त, महुली लघुवित्त, रिडी पावर कम्पनी र सिनर्जी पावरको शेयरमा दश प्रतिशतको उछाल आएको छ । आज सर्वाधिक रकम र सर्वाधिक शेयर कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स कम्पनी रह्यो । आज हिमालयन रिइन्सुरेन्सको ३० लाखबढी शेयरले झन्डै २ अर्ब बराबरको कारोबार भयो ।