सुतिरहेका रविलाई मध्यरातमा उठाएर पोखरा पुर्‍याइयो, डायरी गायब पारियो : रास्वपा

२०८१ मंसिर २१ गते

सुतिरहेका रविलाई मध्यरातमा उठाएर पोखरा पुर्‍याइयो, डायरी गायब पारियो  : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सरकारकै निर्देशनमा चितवनबाट रातारात पोखरा लगिएको बताएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्,'यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सुत्रबाट प्राप्त भएका छन् ।'

Advertisement:

Ad
Ad

उनले लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको घटनालाई आपत्तिजनक भनेका छन् । 'सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको रहेछ,' उनले भनेका छन् ।

रास्वपासहित केही कानुन व्यवसायीहरूले सुतिरहेका लामिछानेलाई उठाएर पोखरा पुर्‍याइनु मानव अधिकारको उल्लङ्घन भएको बताएका छन् ।

यस्तै रास्वपाले लामिछानेको निजी डायरी गायब पारिएको आरोप लगाएको छ । 'सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।