२०८२ पुस ०८ गते
काठमाडौ । जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजाललाई काठमाडौ बाहिर जान नपाउने गरी लगाइएको बन्देज हटेको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो । अब भने उनीहरुमाथि लगाइएको स्थान हद हटाइएको छ ।
भदौ २३ र २४ मा भएको घटना छानबिन गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र सचिव दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई उपत्यका छाड्न रोक लगाएको थियो । उनीहरूको पासपोर्ट समेत रोक्का गरिएको थियो ।
प्रतिक्रिया