२०८३ साउन २७ गते
काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा बढाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.८९ प्रतिशतले बढाएको हो । बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवमा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ थियो । बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र ‘इम्पेयरमेन्ट चार्ज’ ९कर्जा नोक्सानी व्यवस्था० मा आएको कमी मुख्य कारक रहेका छन् ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १.३० प्रतिशतले बढेको हो । अघिल्लो आबमा ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर २.९२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घट्दापनि बैंकले करिब १ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले निष्क्रिय कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात १४५.७४ प्रतिशत पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९८ पैसाबाट बढेर १८ रुपैयाँ ०४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, पीई रेसियो २१.७७ गुणा र पूँजी कोष अनुपात १३.७४ प्रतिशत छ ।
प्रतिक्रिया