सेयरबजारः सुचक बढेपनि कारोबार खस्कियो

२०८२ भदौ ०२ गते

सेयरबजारः सुचक बढेपनि कारोबार खस्कियो

काठमाडौ । सोमबार सेयर बजार परिसुचक बढेपनि कारोबार रकम भने खुम्चिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७७.३९ बिन्दुमा अडिएको छ ।

परिसुचक बढेपनि कारोबार भने खुम्चिएर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँमा सिमित भएको छ ।  आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।  आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

Advertisement:

Ad
Ad

आज युनियन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको करिब साढे ५ प्रतिशत बढेको छ।  कारोबार रकमका आधारमा भने आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।