२०८२ फागुन २८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चुनावी खर्च सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको छ ।
मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र÷घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४ सय ४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।
सोविता गौतम नेकपा चितवन –३ बाट रेनु दाहाललाई पराजित गर्दै ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी थिइन् । निर्वाचनमा सहभागी उम्मेदवारहरूले धमाधम आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् ।
प्रतिक्रिया