सर्वोच्च अदालतमा न्यायाधीश भुवन गिरीकी पत्नीद्वारा आत्मदाहकाे प्रयास

२०८० पुस २९ गते

सर्वोच्च अदालतमा न्यायाधीश भुवन गिरीकी पत्नीद्वारा आत्मदाहकाे प्रयास

काठमाडौँ । न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी आरती गिरीले सर्वोच्च अदालतमा आत्मदाहकाे प्रयास गरेकी छन् । गिरीकी जेठी श्रीमती आरतीले अदालत परिसरभित्र नै तरल पदार्थ आफैमाथि खन्याएर आगो लगाउने काेशिस गरेकी थिइन् ।

आरतीले प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र गएको १० मिनेटभित्र नै सुरक्षाकर्मीहरूको आँखा छलेर गेटभित्र पसेकी थिइन् । त्यसपछि उनले  आफैमाथि जर्किनबाट पेट्रोल र मट्टितेल खन्याएर आगो लगाउने क्रममा प्रहरीले आरतीलाई नियन्त्रणमा लिएकाे थियाे ।

Advertisement:

Ad
Ad

‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी उनलाई अर्ध चेत अवस्थामा प्रहरीले अस्पतालतर्फ लगेको छ ।