‘सर्वदलिय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, 'अहिलेको सरकार जेनजीको रगतमा यशआराम गर्न आएको होईन्’

२०८२ पुस ०७ गते

‘सर्वदलिय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, 'अहिलेको सरकार जेनजीको रगतमा यशआराम गर्न आएको होईन्’

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन् ।
सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताईन् ।


उनले भनिन्, ‘यहा कसले कस्लाई के दोष लगाउने, हामी अचानो त होईन नि हिजो के त्रुटि भए, जेको परिणाम २३ र २४ को घटना भयो त्यो आवेगलाई हामीले भोगि रहेका छौ । आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौ । त्यसैले हामी अचानो त होईनौ । तर जुन किसिमको आक्षेप हामी खेपि रहेका छौ त्यसको लागि त तयार छौ किनभने त्यो मुलुकको लागि हो । यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ । हामी जेनजीको रगतमा यशो आराम गर्न आएको होईन् । हामीले गरेको पछि छैन् । हिजोको दलहरुले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौ त्यो मूल्यांकन गर्नु ।’

Advertisement:

Ad
Ad


यस्तै, उनले सबैभन्दा महान भनेको जनता र जनताको सेवा राजनीतिक दलहरुले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताईन् ।उनले भनिन्, ‘यहाँ हामी न कोही वादी छौ न प्रतिवादी छौ । आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुदैँन् । तर अखिरमा यो देशको सबैथोक भनेको जनता हो । कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनु हुदैँन् । किनभने सबैभन्दा महान भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो । पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो त्यो बुझ्नु पर्छ ।’


अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ ।उनले एक दुई वटा दलबाहेक निर्वाचन हुनु हुदैँन् भन्ने कसैको पनि विचार नरहेको पनि बताईन् ।