सरकारको आम्दानीले धान्न सकेन खर्च,  राजस्वको लक्ष्य भेट्टाउनै मुस्किल

२०८२ फागुन ०१ गते

सरकारको आम्दानीले धान्न सकेन खर्च,  राजस्वको लक्ष्य भेट्टाउनै मुस्किल

काठमाडौ । सरकारले गर्ने खर्च उसको आम्दानीले थेग्न नसक्ने अवस्थामा पुगेको छ । यद्यपि चालु खर्च मात्र भने राजस्वले पुग्ने देखिन्छ । यसअघि राजस्वले चालु खर्च धान्नै नसक्ने अवस्था पनि थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले सात महिनामा ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गर्दा खर्च ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ भएको छ । खर्च आम्दानी भन्दा १ खर्ब ३६  अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

Advertisement:

Ad
Ad

कर, गैरकर, अनुदान र अन्य प्राप्ति गरी सरकारको जम्मा आम्दानी भने ६ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ देखिएको छ ।  सरकारले चालु आर्थिक वर्षको सात महिनामा  ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य भन्दा डेढ खर्ब कम राजस्व सरकारले उठाएको छ ।

सरकारको चालु वर्ष कुल राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । यद्यपि राजस्वले चालु खर्च भने थेग्न सक्ने अवस्था देखिन्छ । सरकारले ७ महिनामा ५ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ  चालु खर्च गरेको छ ।