सांग्रिलाले बढायो करिब ५४ प्रतिशत नाफा

२०८२ माघ ११ गते

सांग्रिलाले बढायो करिब ५४ प्रतिशत नाफा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा करिब ५४ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा  ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

Advertisement:

Ad
Ad

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ।  बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।

 बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ। पुस मसान्तसम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।