राष्ट्रको ढुकुटीमा करिब साढे ३२ खर्ब विदेशी मुद्रा, साढे १० खर्बभन्दा बढी रेमिट्यान्स

२०८२ माघ १९ गते

राष्ट्रको ढुकुटीमा करिब साढे ३२ खर्ब विदेशी मुद्रा, साढे १० खर्बभन्दा बढी  रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रेमिट्यान्स १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल  राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनले विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेको देखाएको छ । 


अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।  पुस महिनामा मा  १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह  १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमायस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

Advertisement:

Ad
Ad


वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,०६,८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,९४,७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,३०,४३९ र १,६२,६२८ रहेको थियो । 


यस्तै वदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ  पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोडरहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।