रामेश्वर खनाल भन्छनः 'कुलिङ पिरियड शुरु भैसक्यो, मेरो बारेमा ट्रायल बेलुन बन्द गर्नुस्'

२०८२ चैत ०६ गते

रामेश्वर खनाल भन्छनः 'कुलिङ पिरियड शुरु भैसक्यो, मेरो बारेमा ट्रायल बेलुन बन्द गर्नुस्'

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफु कुलिङ पिरियडमा बसेको जानकारी गराएका छन् । अबको केही दिनमै नयाँ सरकार बन्दैछ ।

यसकारण पनि उनी लगभग कामबाट बाहिरिएका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै खनालले आफु कुलिङ पिरियडमा बसेकाले आफ्नो बारेमा ट्रायल बेलुन बन्द गर्न भनेका छन् । 

Advertisement:

Ad
Ad


कुलिङ पिरिड भनेको भइरहेको पदबाट बाहिरिएपछि अर्को नियुक्ति नपाइन्जेलसम्मको अवस्था हो । यसलाई शीत अवस्था पनि भनिन्छ । 

पछिल्लो समय राजनीतिक दलहरुको मिडिया ट्रायल अथवा ट्रायल बेलुन चलिरहेको छ । फाइदा भयो भने आफुले भनेको नभए आफुले भन्दै नभनेको भन्दै विभिन्न ट्रायलहरु चलिरहेको छ ।