पुर्व प्रहरी हवल्दार सिता कंडेलको हत्या गरी फरार भएका बुद्धिराम पक्राउ

२०८२ मंसिर १९ गते

पुर्व प्रहरी हवल्दार सिता कंडेलको हत्या गरी फरार भएका बुद्धिराम पक्राउ

काठमाडौ । लमजुङ बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डे  बस्ने पुर्व प्रहरी हवल्दार सिता कंडेलको विभत्स हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।  

४५ वर्षकी सिता कंडेललाई हत्या गरी उनी सुत्ने पलङमा त्रिपालले बेरेर बाहिरबाट ताल्चा लगाइ फरार भएका बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको हो । कंडेलको गत चैतमा हत्या भएको थियो । घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा सो घटना जिल्ला चितवन साविक बछौली गा.वि.स. वडा नं. १ हाल परिवर्तित रत्ननगर नगरपालिका वडा नं. ०६ बस्ने बुद्धिराम दराइको संलग्न रहेको पाइएको थियो ।

Advertisement:

Ad
Ad

दराई गत बैशाख १५ गतेदेखि फरार थिए । ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक वडा नं १ बेलहिया स्थित सडकखण्डमा  बिहिबार  (मंसिर १८) पक्राउ गरेको हो । दराइले २०६७ सालमा सम्झना पाण्डेसँग विवाह गर्ने विषयमा विवाद हुँदा पाण्डेको आमा चिनिमाया पाण्डेको पनि घाटीमा थिचेर हत्या गरेका थिए । त्यसपछि उनलाई गोरखा जिल्ला अदालतबा सर्वस्व सहित जन्मकैद सुनाइएको थियो ।

सजाय भुक्तानका लागि भिमफेदी कारागार चलान भएका दराइको त्यतिबेला सिता कंडेलसँग चिनजान भएको थियो ।