२०८३ साउन ०५ गते
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध बिगो मागदाबी सहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको अख्तियारको आरोप छ ।
प्रतिक्रिया