राष्ट्र बैंकले घटायो निर्देशित कर्जाको सिमा, कृषि क्षेत्रमा १० प्रतिशत मात्र लगानी गरे पुग्ने

२०८२ चैत ०३ गते

राष्ट्र बैंकले घटायो निर्देशित कर्जाको सिमा, कृषि क्षेत्रमा १० प्रतिशत मात्र लगानी गरे पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्नैपर्ने कर्जाको सिमा घटाएको छ । मंगलबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै कृषि क्षेत्रमा १० प्रतिशत मात्र लगानी गरे पुग्ने व्यवस्था गरेको छ । 

हालसम्म कृषिमा १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र लघु, घरेलु साना तथा मझौला व्यवसाय (एमएसएमई) क्षेत्रमा १५ प्रतिशत गरी कुल कर्जाको ४० प्रतिशत कर्जा राष्ट्र बैंकले तोकेको क्षेत्रमा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । २०८३ पुस मसान्तदेखि न्यूनतम १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु
पर्नेछ ।
२०८३ पुस मसान्तदेखि कुल कर्जा सापटको न्यूनतम २० प्रतिशत पर्यटन क्षेत्र, लघु, घरेलु, साना तथा मझौला उद्यम/व्यवसाय क्षेत्र (रु. ३करोडसम्मका कर्जा तथा उत्पादनमूलक उद्योगको हकमा रु.५ करोडसम्मको कर्जा ), उर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग, स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योग लगायतमा कर्जा लगानी गर्न पाउनेछन् । 
 
यस्तै विकास बैंकलाई निर्देशित कर्जाको सीमा २० प्रतिशत र फाइनान्स कम्पनीलाई १५ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको छ । 

Advertisement:

Ad
Ad