नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा भने वृद्धि

२०८२ मंसिर २८ गते

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा भने वृद्धि

काठमाडौँ।  साताको पहिलो कारोबार दिन सेयर बजार ओरालो लागेको छ। यस दिन नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा बन्द भएको छ। 

परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता सेयर कारोबार भएको छ।

Advertisement:

Ad
Ad

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा सिटी होटल रहेको छ जसको मूल्य सर्वाधिक ६.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आइतबार २६ करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। 

आइतबार १३ नेप्सेका उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ।