२०८२ मंसिर २२ गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा ओरालो लागेको छ। यससंगै नेप्से लगातार ६ दिन घटेको छ।
आज नेप्से ३.०२ अंक तल झरेर २६०६.६७ विन्दुमा बन्द भयो। बजारसँगै कारोबार रकममा पनि कमजोरी देखियो । आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार घटेर ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँमा सीमित भयो।
यस दिन १३ उपसमूहमध्ये ५ उपसमूह उकालो लागे भने ८ उपसमूहमा गिरावट देखियो।
यस दिन ४ कम्पनी अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको शेयर सकारात्मक सर्किट लेभलमा पुगे। यस दिन सर्वाधिक घट्नेमा सपोर्ट माइक्रोफाइनान्स रह्यो जसको शेयरमा ५.१६ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमको हिसाबले ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसले एकै दिन ५५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो।
प्रतिक्रिया