२०८२ फागुन ०५ गते
काठमाडौँ। मंगलबार नेप्से परिसूचक घटेको छ। आज नेप्से परिसूचक २०.७५ अंकले घट्दै २,६४२.१५ बिन्दुमा बन्द भएको छ, जुन ०.७७ प्रतिशतको गिरावट हो। यस दिन कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अन्त्यतिर सूचक झरेर बजार बन्द भएको हो।
आज कुल ८ अर्ब ३६ करोड ४४ लाख ५५ हजार ५५५ रुपैयाँ बराबरको कारोबार भएको छ। २ करोड ५ लाख ५९ हजार ५५५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ८३ हजार ७५ वटा कारोबार सम्पन्न भएका छन्।
बजारमा आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। घट्ने कम्पनीको संख्या उल्लेख्य रूपमा बढी देखिएकाले समग्र बजार दबाबमा परेको देखिन्छ।
मङ्गलबार उच्च कारोबार हुने कम्पनीहरूमा आरआईडीआई, एकेजेसीएल, एनजीपीएल, सीएचडीसी र एसवाईपीएनएल लगायत रहेका छन्। समग्रमा, लगानीकर्तामा केही सतर्कता देखिएको र नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण बजारमा दबाब परेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया