नेप्सेमा नयाँ सीईओ आएपछिको नयाँ काम : लबीमा फोटो, भर्याङमा ऐना

२०८२ जेठ २६ गते

नेप्सेमा नयाँ सीईओ आएपछिको नयाँ काम : लबीमा फोटो, भर्याङमा ऐना

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा गत चैत १९ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले कार्यभार सम्हाले । पुँजी बजारको विकास र विस्तारका लागि महत्वपूर्ण मानिने नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा चापागाइँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछिको यो दुई महिनामा के के भए ? यो जिज्ञासा हुनु स्वभाविक नै हो । जेठ २६ गते सोमबार नेप्से पुग्दा दुई कुरा नयाँ पाइयो । एउटा प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा पुग्ने भर्याङमा मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिनपर्छ भन्ने अक्षर लेखेको ठूला ठूला ऐना झण्ड्याइएको थियो भने अर्को आगन्तुक प्रतिक्षा गर्ने लबीमा नेप्सेमा हालसम्म रहेका प्रमुख कार्यकारी अधिकृतका फोटो टाँगिएका थिए ।   

त्यसो त दुई महिना कुनै पनि संस्था प्रमुखका लागि नीतिमै तात्विक परिवर्तन तथा संस्थागत सुधारका लागि धेरै समय होइन किनकि कुनै पनि संस्था मिहिन ढंगले बुझ्नै लाग्ने समय हो । यद्यपि नेप्सेले बजारमा आइरहेका तमाम गुनासाहरु थेगेको निकै समय भैसकेकाले यसको नवनेतृत्वमा आएका चापागाइँमाथि बजारले र आम लगानीकर्ताले सुधारको ठूलै अपेक्षा गरिरहेका छन् । वर्तमान अवस्थामा आफूलाई नेप्सेको फरक नेतृत्वमा उभ्याउने हो भने चापागाइँले यो दुई महिनामा एउटा मात्रै भएपनि पूँजी बजारको स्थिरता, विश्वसनीयता र विकासलाई प्रोत्साहित ह्ुने नयाँ काम गर्नसकेको भए तारिफनै पाउने पो थिए कि ! 

Advertisement:

Ad
Ad

लामो समय सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थामा काम गरेको अनुभव बोकेका चापागाइँ माथि शेयर बजारको सुशासन,पारदर्शीता र नवप्रवर्तनमा सुधार ल्याउने अपेक्षा लगानीकर्ताले राखेका छन् ।