नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम १३ अर्ब १८ करोड

२०८२ फागुन २८ गते

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम १३ अर्ब १८ करोड

काठमाडौं । लगातार दुई दिनको गिरावटपछि बिहीबार नेप्से परिसूचक उकालो लागेर बन्द भएको हो। यस दिन नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ कम्पनीका ४ करोड १६ लाख ८६ हजार कित्ता सेयर किनबेच भएका छन् । एक लाख ३० हजार १५ पटकको कारोबारमा कुल १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

 

Advertisement:

Ad
Ad

यस दिन साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै नेसनल हाइड्रोपावर कम्पनी  र होटल फरेष्टइनको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा दराम खोला हाइड्रोपावरको सेयर मूल्य झन्डै ९.५ प्रतिशतले उकालो लागेको छ। बजार घटेका कम्पनीहरूको गिरावट भने ४ प्रतिशतभन्दा कममा सीमित रहेको छ। कारोबार रकमका आधारमा सनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

 

उपसमूहगत रूपमा १३ मध्ये १० उपसमूहका सूचक बढेका छन् भने ३ उपसमूह घटेका छन्। बैंकिङ उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढ्दा विकास बैंक, वित्त, जलविद्युत र लगानी समूह पनि उकालो लागेका छन्। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य गिरावटमा रहेका छन्।