नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि घट्यो

२०८२ वैशाख ३१ गते

नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । बुधबार पनि शेयर बजारले गिरावटलाई निरन्तरता दिएको छ। शेयर बजारमा आज १३ दशमलव ९६ अंकले घटेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय २० दशमलव २७ को बिन्दुमा कायम भएको छ ।

 

Advertisement:

Ad
Ad

यस दिन ६९ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १८३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै एक कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज नेप्सेमा ३१५ कम्पनीले ८ अर्ब ७३ करोड ३५ लाख भन्दा माथिको कारोबार गर्दा एक करोड ८४ लाख ९६ हजार कित्ता शेयर किनबेच गरेको छ ।

 

आज सबैभन्दा बढि कमाउनेमा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रह्यो जसको शेयर आज ९.९८ प्रतिशको दरले बढेको छ । त्यस्तै, बुधबार सबैभन्दा बढि गुमाउने कम्पनीमा गुराँस लघुवित्त वित्तीय संस्था रह्यो जसको शेयर ९.९८ प्रतिशतले घटेको छ ।

 

यस दिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ जसको ५९ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ। भोल्युमको आधारमा ङ्गादि ग्रुप पावर कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ।  उक्त कमपनीको आज १२ लाख ९४ कित्ता शेयर कारोबार भएको छ।