दुई दिनको वृद्धिपछि शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम दश अर्ब भन्दा माथि

२०८२ जेठ ०७ गते

दुई दिनको वृद्धिपछि शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम दश अर्ब भन्दा माथि

काठमाडौं । नयाँ गभर्नरको नियुक्ति भएको दिन बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ। बजार खुलेको सुरुवाती मिनेटमा निकै आक्रामक ढंगले बढेको शेयर बजार अन्त्यमा भने घट्न पुगेको हो। यस दिन नेप्सेमा ७ दशमलव ९४ अंकले घटेसँगै बजार २६ सय ६९ दशमलव ५१ अङ्कको बिन्दुमा कायम भएको छ ।

 

Advertisement:

Ad
Ad

आज ९३ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १५३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै एक कम्पनीको शेयर भने स्थिर रहेको छ। यस दिन नेप्सेमा ३१६ कम्पनीले १० अर्ब ६९ करोड भन्दा माथिको कारोबार गर्दा २ करोड ३० लाख २६ हजार कित्ता शेयर किनबेच गरेको छ ।

 

आज सबैभन्दा बढि कमाउनेमा ओम मेगाश्री कम्पनी रहेको छ । उक्त कम्पनीको लगानीकर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा बढि गुमाउने कम्पनीमा श्वेत गंगा हाइड्रोपावर रहेको छजसको शेयरमा ८.३२ प्रतिशतको गिरावट आएको छ ।


कारोबार रकमको हिसाबले आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज राधिले ७१ करोड ३ लाख बराबरको कारोबार गरेको छ । त्यस्तै भोल्युमको आधारमा आज सर्वाधिक कारोबार गर्नेमा ङ्गादि ग्रुप पावर रह्यो जसको १५ लाख १९ हजार ८ सय कित्ता शेयर कारोबार भएको छ।