२०८२ जेठ २५ गते
काठमाडौँ। यस हप्ताको पहिलो कारोबार दिन पनि शेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ अंकमा बन्द भएको छ। आज ८६ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १६२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज नेप्सेमा ३१३ कम्पनीले ९ अर्ब १३ करोड भन्दा माथिको कारोबार गर्दा १ करोड ९९ लाख ९२ हजार कित्ता शेयर किनबेच गरेको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन नेप्सेमा सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा राधि विद्युत कम्पनी रह्यो जसको ७२ करोड ९५ लाख मूल्य बराबरको कारोबार भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको १५ लाख ४७ हजार कित्ता कारोबार भएको छ।
प्रतिक्रिया