२०८२ जेठ ०१ गते
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारले गिरावटलाई निरन्तरता दिएको छ। शेयर बजारमा आज ७ दशमलव ३७ अंकले घटेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय २० दशमलव २७ को बिन्दुमा कायम भएको छ ।
यस दिन ८२ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १६४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै चार कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज नेप्सेमा ३२० कम्पनीले ७ अर्ब ८ करोड ३३ लाख भन्दा माथिको कारोबार गर्दा एक करोड ७४ लाख २३ हजार कित्ता शेयर किनबेच गरेको छ ।
आज सबैभन्दा बढि कमाउनेमा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रह्यो जसको शेयर आज ९.९९ प्रतिशको दरले बढेको छ । त्यस्तै, बुधबार सबैभन्दा बढि गुमाउने कर्पोरेट डेभलपमेन्ट बैंक रह्यो जसको शेयर ९.१० प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा धेरै सोल्टी होटेलको शेयर कारोबार भएको छ जसको ४६ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ। भोल्युमको आधारमा हिमालयन ८०-२० कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ। उक्त कमपनीको आज १० लाख १० कित्ता शेयर कारोबार भएको छ।
प्रतिक्रिया