२०८१ वैशाख १२ गते
काठमाडौँ । नेपाल र कतार बीच आज विभिन्न छ वटा विषयमा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र कतारका अमिर अल थानीको उपस्थितिमा सम्झौताहरूमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा नेपालका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका हुन् । सम्झौता दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा भएको हो ।
दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएकाे हाे । कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्।
प्रतिक्रिया