२०८१ पुस २८ गते
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया