चुनावका लागि उम्मेव्दारले छुट्टै बैंक खाता खोल्नुपर्ने

२०८२ माघ १२ गते

चुनावका लागि उम्मेव्दारले छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौं । चुनावका लागि राजनीतिक दल तथा तिनका उम्म्ेव्दारले छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गत हुने प्रतिनीधिसभा निवार्चनका लागि राजनीतिक दल र उमेदवारहरुलाई छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैकहरुलाई निर्देशन दिएको छ ।

सोमबार एक सुचना जारी गर्दै  राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले छुट्टै खाता खोल्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

Advertisement:

Ad
Ad

निर्वाचन आयोग नेपालको अनुरोधमा आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी उक्त खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । स्वतन्त्र उम्मेव्दारले पनि छुट्टै बैंक खाता खोल्नुपर्ने छ । केन्द्रिय बैंकद्धारा जारी गरेको सुचनामा भनिएको छ, प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ ।


निवार्चन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्न भनेको छ ।