आर्थिक संकटमा चुर्लुम्म डुबेको नेपाल एअरलाइन्सले कर्मचारीलाई बाँड्यो बोनस

२०८२ साउन ०१ गते

आर्थिक संकटमा चुर्लुम्म डुबेको नेपाल एअरलाइन्सले  कर्मचारीलाई बाँड्यो बोनस

काठमाडौं । ठूलो आर्थिक संकटमा रहेको नेपाल वायुसेवा निगमले आफ्ना कर्मचारीहरुलाई असार मसान्तमा बोनस बाँडेको छ । असार ३२ गते करिब १,५०० कर्मचारीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले निगमले बोनस वितरण गरेको हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई करोडौँ दायित्व तिर्न बाँकी रहेको निगमले ऋण तिर्न नसकेको अवस्थामा करिब १.५ करोड रुपैयाँ बोनस वितरण गरिएको हो। 

 

Advertisement:

Ad
Ad

निगम हाल करिब ५० अर्ब रुपैयाँ ऋणमा छ, र कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजसमेत समयमा तिर्न सकेको छैन। महालेखापरीक्षकको प्रतिवेदनले निगमको कमजोर वित्तीय व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै कर्जा फिर्ता प्रक्रिया सुधार गर्न सुझाव दिएको छ।