२०८२ जेठ ०८ गते
काठमाडौ । नेपालको निर्यात व्यापार २ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म)मा मुलुकले २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ नेपाली मालसमान निर्यात गरेको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । यो भनेको अहिलेको भन्दा गत वर्ष ७२.७१ प्रतिशतले कम हो । सधै उकालो लागिरहने नेपालको आयात व्यापा पनि बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १३.११ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो सँगै नेपालेको वैदेशिक व्यापार १२ खर्ब ५६ अर्ब २७ करोड भन्दा बढीले घाटामा छ ।
प्रतिक्रिया