नेपाल भारतबिच डाइरेक्ट ट्रान्सफर सेवा शुरु, १५ हजार भारुसम्म पठाउन मिल्ने

२०८३ जेठ २४ गते

नेपाल भारतबिच डाइरेक्ट ट्रान्सफर सेवा शुरु, १५ हजार भारुसम्म पठाउन मिल्ने

काठमाडौं ।  नेपालबाट भारु १५ हजार रुपैयाँसम्म डाइरेक्ट ट्रान्सफर गर्न सकिने भएको छ । नेपाल र भारतबीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त (डाइरेक्ट ट्रान्सफर) गर्न सकिने सेवा सुरू भएपछि यो सुविधा उपलब्ध भएको हो ।

 

Advertisement:

Ad
Ad

भारतको बैंकबाट नेपाल र नेपालको बैंकबाट भारतमा रकम पठाउन सकिने भएको हो। तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले मात्र पाउने छन्।

 

भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा सेवाको सुरुवात गरेका छन्। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीचको अन्तर आबद्धता मार्फत दुवै मुलुकबीच पैसा पठाउन सकिने भएको हो ।

 

नेपालबाट प्रति महिना २ लाख भारूसम्म पठाउन पाइनेछ।  २०८० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अनुसार यो सेवाको शुरु भएको हो।