निजामती कर्मचारीको उमेर हद ५८ बाट ६०, सहसचिव भन्दा माथि अतिरिक्त सचिव हुने

२०८२ जेठ ०२ गते

निजामती कर्मचारीको उमेर हद ५८ बाट ६०, सहसचिव भन्दा माथि अतिरिक्त सचिव हुने

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकमार्फत निजामती सेवा विधेयक पारित गर्दै अब अवकाश उमेर ६० वर्ष नै लागू हुने व्यवस्था गरेको हो ।

यसअघि निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष तोकिएको थियो । समितिबाट पारित विधेयकमा निजामती सेवाको संरचना तथा पदपूर्ति सम्बन्धी विषयमा समेत नयाँ व्यवस्था गरिएको छ । समितिले सहसचिव र सचिवबीचको पद रिक्तता तथा प्रशासनिक आवश्यकता मध्यनजर गर्दै ‘अतिरिक्त सचिव’ नामक नयाँ पद सिर्जना गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

नयाँ संरचनाअनुसार अब निजामती सेवामा सहसचिवभन्दा माथि र सचिवभन्दा तलको तहमा अतिरिक्त सचिव रहनेछन् । अतिरिक्त सचिवलाई १३औं तहमा राखिनेछ भने सचिव १४औं तह र मुख्य सचिव १५औं तहका पदाधिकारी हुनेछन् ।