२०८१ वैशाख १७ गते
काठमाडौँ। नागार्जुन नगरपालिकाले धानको उन्नत विउ ५० प्रतिशत छुटमा वितरण गर्न लागेको छ। नगरपालिकाको कृषि विकास शाखाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा बिउ बाड्न लागेको हो।
नगरपालिकाका अनुसार उक्त बिउ प्राप्त गर्नका लागि वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा निम्नानुसार कागजातहरु पनि सँगै पेश गर्नुपर्ने छ।
–सम्बन्धित वडा कार्यालयको सिफारिस। –नागरिकताको प्रतिलिपी। –समूह÷सहकारीको हकमा बैठकको निर्णय र संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी। –खेती गरिने जग्गाको लालपुर्जाको प्रतिलिपीरजग्गा भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपी
प्रतिक्रिया