२०८२ असार १७ गते
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । छलफलमा अध्यक्ष चाधैरीले त्यस विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राखेका छन् ।
प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफलगरी अघि बढनुपर्ने धारणा चौधरीले राखेका छन् । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरी यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए । यसै क्रममा नाडाका महासचिव सरुेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे ।उनले व्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिए ।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्नेबारे अध्ययन गरिएको बताए । छलफलको अन्तमा महानिर्देशक पाखेरेलले यस नाडासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउँदै नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भईरहेको बताए ।
प्रतिक्रिया