२०८१ असोज ०५ गते
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन आउने छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता हुन लागेको हो ।दुई देशको प्रधानमन्त्रीविचको वार्ता बहुप्रतिक्षकासाथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया