२०८२ पुस ०८ गते
काठमाडौँ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सार्वजनिक गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसअनुसार कुल ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको छ।
घोषित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहनेछ भने बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।
प्रतिक्रिया