महंगो मूल्यमा सेयर जारी गरेको रिलायन्सको आइपिओमा अत्यधिक आवेदन

२०८२ पुस ११ गते

महंगो मूल्यमा सेयर जारी गरेको रिलायन्सको आइपिओमा अत्यधिक आवेदन

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अत्यधिक आवेदन परेको छ । सर्वसाधारणका लागि जारी गरिएएको आएपिओमा  मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।

आईपीओमा ५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन परेको छ । यसको आइपिओ प्रतिकित्ता प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाको दरले जारी गरिएको थियो ।

Advertisement:

Ad
Ad

 कूल ९ लाख २४ हजार ७६८ कित्ताको लागि खुला गरिएकोमा आज शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा पुस ७ गतेदेखि आवेदन खुलेको हो ।