लामो समय सुस्त बनेको घरजग्गा कारोबारले जगायो आश, बढ्न थाल्यो राजस्व

२०८२ फागुन ०३ गते

लामो समय सुस्त बनेको घरजग्गा कारोबारले जगायो आश, बढ्न थाल्यो राजस्व

काठमाडौं । लामो समय सुस्त बनेको घरजग्गा कारोबारबाट उठ्ने राजस्व केही बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको मासिक तथ्यांक विवरणले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्ममा घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो । यो भनेको गत आवको यसै अवधिको दुलनामा २ अर्ब रुपैयाँ भन्दा बढी हो ।  गत आर्थिक वर्ष २०८१ /८२ को सोही अवधिमा २४ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

Advertisement:

Ad
Ad


साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड, मंसिरमा ४ अर्ब ४८ करोड, पुसमा ५ अर्ब १७ करोड र माघमा ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।


सात महिनामा ८ लाख ५६ हजार वटा करोबार भएको छ । यस्तो कारोबार गत वर्षको सोही अवधिमा ८ लाख ४५ हजार वटा थियो । तथ्यांकले कारोबारमा पनि बढोत्तरी भएरै राजस्व बढेको देखिन्छ ।