लगानीकर्ताको आत्मबल किन कमजोर बन्यो ?

२०८२ जेठ २१ गते

लगानीकर्ताको आत्मबल किन कमजोर बन्यो ?


काठमाडौ । बुधबार पनि सेयर बजार सुस्त गतिमा देखियो । यसले लगानीकर्ताको आत्मबल कमजोर भएको स्पष्ट हुन्थ्यो ।  आज नेप्से सूचक ११.९७ विन्दुले घटेर २६४६.९५ अंकमा डिएको छ । आज ५ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार घट्दा पनि ओम मेगाश्री फार्मास्यूटिकल्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यो सँग ओम मेगाश्रीको सेयर मूल्य १९ सय ९४.७० रुपैयाँ पुगेको छ । पियोर इनर्जीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि निकै सुस्त देखिएको छ ।  बुधबार  ३ सय १३ कम्पनीको १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Advertisement:

Ad
Ad

सबैभन्दा बढी अरुण काबेली हाइड्रोपावरको सेयर कारोबार भएको छ । यसको ३६ करोड २५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हो । राधी हाइड्रोपावर्र र ङादी ग्रुप पावरको पनि धेरै कारोबार भएको छ ।