'बैंकहरु खुम्चदै गए, लघुवित्तहरु फैलदै गए'

२०८३ वैशाख २८ गते

'बैंकहरु खुम्चदै गए, लघुवित्तहरु फैलदै गए'

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त वित्तिय संस्था सुपरभिजन डिपार्टमेन्टका प्रमुख नरेश शाक्यले बैंकहरु खुम्चदै गइरहेको बेला लघुवित्तहरु फैलदै गएको बताएका छन् ।

लघुवित्त बैंकर्स संघको १९ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शाक्यले एउटै बैंकले ४० वटासम्म शाखा मर्ज गर्दा लघुवित्तहरु  भने विस्तार हुँदै गएको बताएका हुन् ।

Advertisement:

Ad
Ad

 उनले भने, 'क, ख र ग वर्गको बैंकलाई हेर्ने दृष्टिकोण र घ वर्गको लुघवित्तलाई हेर्ने दृष्टिकोण फरक भयो । यसले लघुवित्तमा खोजेको जस्तो रिफर्म भएन । लघुवित्त पनि बैंक हो भन्ने बुझ्नुपर्छ । सहकारी जस्तो बनाउँनु भएन ।'

क, ख र ग वर्गको बैंहको भने घ बर्गको पनि लघु बैंक हो भन्ने बुझाईका साथ अघि बढ्नुपर्ने आवाश्यकता शाक्यले औल्याए । यस्तै राष्ट्र बैंकको सञ्चालन नीतिमै त्रुटि भएकोले सच्याउनुपर्ने रत्यसका लागि लघुवित्तकर्मीहरुले राष्ट्र बैंकलाई झकझक्याउनु पर्ने बताए ।