२०८० पुस २९ गते
काठमाडौँ । लगातार बैंकहरुको ब्याजदर घटाउने क्रम र पुस मसान्तको दबाब सकिएकाले लगानीकर्तामाझ थप उत्साह छाएको छ ।साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेर २१ सय अंकमाथि पुगेको छ । आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.५१ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ५.४५ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा २११ कम्पनी बढेका छन् भने ३३ कम्पनी घटेका छन् । यसैगरी ३ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् ।
बजार बढेसँगै लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीको शेयर तर्फ बढी आकर्षित भएको देखिन्छ । आज हाइड्रोपावर सब इन्डेक्स सबै भन्दा बढी ११६.५७ अंकले बढेको छ । आइतबार हिमालयन पावर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, माथिल्लो मैलुंग खोला जलविद्युत कम्पनिको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै गत हप्ता मात्र दोस्रो बजारमा प्रवेस गरेको हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा पनि लगातार ९.९९ प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा एनआरआइसी कम्पनीको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा एनआरआइसीकै प्रमोटर शेयर रह्यो ।
प्रतिक्रिया