केटाले बिहे गर्न नमानेको भन्दै आत्महत्या गर्न माइतिघरको पोलमा चढ्ने युवतिको उद्दार

२०८१ साउन २६ गते

केटाले बिहे गर्न नमानेको भन्दै आत्महत्या गर्न माइतिघरको पोलमा चढ्ने युवतिको उद्दार

काठमाडौं । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।

Advertisement:

Ad
Ad