२०८२ फागुन ०६ गते
काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या भएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका फर्काइएको छ ।टर्किसको उक्त जहाज ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।
प्रतिक्रिया