२०८२ भदौ १० गते
आज नेप्से परिसूचक एकल अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ।
सूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ। त्यसै गरी अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४२ अंकले बढेको तथ्याङ्क प्राप्त भएको छ।
यस दिन पनि विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा उकालो लागेको छ।
प्रतिक्रिया