अब कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा लागू हुने,यस्तो छ अर्थको पत्र

२०८२ असार २० गते

अब कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा लागू हुने,यस्तो छ अर्थको पत्र

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । 

 

Advertisement:

Ad
Ad

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

 

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।