५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको कामना सेवाको प्रतिसेयर आम्दानी कति पुग्यो ?

२०८३ वैशाख ०६ गते

५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको कामना सेवाको प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमडौं । चालु आर्थिक वर्षको  (२०८२/०८३) चैत मसान्तसम्म कामना सेवा विकास बैंकले  ५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ४९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

Advertisement:

Ad
Ad

बैंकले सार्वजनिक गरेको  तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न सकेको   देखिन्छ ।

 

बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेर १ अर्ब ८१ करोड ८३ लाख रूपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले बढेर २४ करोड ६८ लाख रूपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ ।

 

बैंकको वित्तरणयोग्य नाफा भने  ३८ करोड ४३ लाख रूपैयाँ छ । गत आवबाट लाभांश बाँडेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल वितरणयोग्य नाफा (रिटेन्ड अर्निङ वा सञ्चित नाफा) ४१ करोड ७६ लाख रूपैयाँ छ ।

 

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ । ३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ कायम छ ।