कुलमान र बालेनले एकता गरिसकेको सुधनको दाबी

२०८२ मंसिर १८ गते

कुलमान र बालेनले एकता गरिसकेको सुधनको दाबी

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच भेट एकता भएको दाबी सुधन गुरुङले गरेका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै गुरुङले एकता भएको दाबी गरेका हुन् ।

उनले अब रवि लामिछानेसँग भेट गरेर उनको धारणा बुझ्ने बताएका छन् । उनले लेखेका छन्, 'बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।'

Advertisement:

Ad
Ad


आफूलाई जेनजी अभियन्ता बताउँदै आएका सुधन गुरुङले आन्दोलनमा गरेको वाचा अनुसार भेट गर्ने बताएका हुन् । उर्जामन्त्री कुलमान घिसिङ र बालेन्द्र शाह (बालेन) बीच आइतवार भेट भएको तस्बिर सार्वजनिक भएको थियो । देश बनाउने अभियानमा एकसाथ छौँ भन्दै कुलमानले भेटवार्ताको तस्विर साझा गरेका थिए ।