जनकपुर बोल्ट्सले एनपिएल जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार विदा

२०८१ पुस ०७ गते

जनकपुर बोल्ट्सले एनपिएल जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार विदा

काठमाडौ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले नेपाल प्रिमियर लिग जनकपुर बोल्ट्सले जितेको अवसरमा आइतबार विदा दिएको छ । गाउँपालिका अध्यक्ष जसवन्त यादवले एक सूचना जारी गर्दै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेको ऐतिहासिक अवसरमा गाउँपालिकाभरि बिदा दिइएको जानकारी गराएका छन्।

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक आइतबार एक दिनको स्थानीय विदा दिने निर्णय गरेको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले शनिबार उपाधि चुमेको हो । प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

Advertisement:

Ad
Ad