जगदीश खरेलको दाबीः 'रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं'

२०८२ फागुन ०४ गते

जगदीश खरेलको दाबीः 'रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं'

काठमाडौं । राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।


सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए ।‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं । यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ,’ उनले भने ।

Advertisement:

Ad
Ad


उनले फागुन २१ गतेको चुनावले सरकार, संसद मात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए । खरेलले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ते दाबी समेत गरे ।


सो क्रममा उनले ललितपुरको सम्पदा आफ्नो जीवन भन्दा पनि प्यारो भएकाले सम्पदाको संरक्षण गर्नु पहिले दायित्व भएको बताए ।यस्तै ललितपुर महागरपालिकाको रास्वपाका सभापति ललित महर्जनले पनि रास्वपाले अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे । उनले घरदैलो कार्यक्रममा मतदाताले नै चुनावी माहोललाई साथ दिएको बताए ।