इथानोलको मूल्य निर्धारण कसरी हुन्छ ?

२०८२ फागुन १० गते

इथानोलको मूल्य निर्धारण कसरी हुन्छ ?

काठमाडौं । इथानोलको खरिद मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिति गठन हुनेछ । उक्त समितिले सिफारिस गरेको मूल्यलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नेछ ।

खरिद प्रक्रियालाई व्यवस्थित गर्न नेपाल आयल निगमले छुट्टै खरिद विनियमावली बनाउनेछ । पेट्रोलमा इथानोल मिसाउँदा कार्बन उत्सर्जन कम हुने भएकाले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको आयल निगमका प्रवन्भ निर्देशक डा. चण्डिका भट्टको भनाइ छ ।

Advertisement:

Ad
Ad


यसले इन्जिनको कार्यक्षमता बढाउने र हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने पनि अपेक्षा छ । साथै, इथानोल स्वदेशमै उत्पादन हुँदा पेट्रोलको आयात घट्न गई व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्नेछ । यसबाट किसानहरूको आयआर्जनमा वृद्धि हुनुका साथै रोजगारीका अवसरहरू पनि सिर्जना हुनेछन् ।

तर, यसका केही चुनौतीहरू पनि छन्। इथानोलको मूल्य पेट्रोलको तुलनामा प्रतिस्पर्धी बनाउनु मुख्य चुनौती हो । हाल नेपालमा इथानोलको उत्पादन न्यून रहेकाले मागअनुसार आपूर्ति गर्नु अर्को चुनौती हुनेछ ।

यसका लागि लगानीकर्तालाई आकर्षित गरी उत्पादन बढाउनु आवश्यक छ । साथै, इथानोलको प्रयोग र यसका फाइदाहरूबारे जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेको भट्टले जानकारी दिए ।